• ट्रेण्डिङ:

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

रोदिक खबर

१२, मंसिर २०७७
  • 2.5K
    SHARES
  • गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलमा  लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    स्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीका अनुसार दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको छ ।

    दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

    शुक्रबार बिहाना इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - ०९:१३:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको