बिहिवार, कार्तिक १३ गते २०८३

भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने सरकारकाे निर्णय

भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने सरकारकाे निर्णय

रोदिक खबर

६, भाद्र २०७७
  • 3.6K
    SHARES
  • भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने सरकारकाे निर्णय

    सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ देखि नियमित रुपमा हवाई उडान गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नियमित हवाई उडानको तालिका बनाउन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको छ । 

    सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । पीसीआर गर्न गाह्रो भएका मुलुकहरु कतार, साउदी अरबलगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय गरेको छ ।

    सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको छ । त्यसरी यात्रु ल्याएको सबै यात्रुलाई होटलको क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने र त्यस्ता विमानलाई मन्त्रालयले कारबाही गर्ने पनि निर्णय गरेको छ । तर, नेपालमा आउँदा ७२ घण्टाअगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ ।

    सात दिन काठमाडौंमा होटल क्‍वारेन्टिनमा बस्‍नुपर्नेछ । त्यसपछि १४ दिन घरमै सेल्फ क्‍वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्ने र त्यसको अनुगमन स्थानीय निकायले गर्ने सरकारले निर्णय गरेको छ ।

    प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ००:०३:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको