खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मंगलटारका ३४० जना कृषकहरुलाई कृषि सामग्री, बीउ बिजन र किटनाशक औषधि वितरण गरेकोे छ । सुख्खा क्षेत्रका कृषकहरुको जीविकोपार्जनका लागि कृषि सामग्री, बीउबिजन र किटनाशक औषधि वितरण गरेको हो ।
नगरपालिकाले कृषकहरुलाई हिलटेक, स्प्रे ट्याङकी, सिड स्प्रे, हजारी, बीउबिजन र किटनाशक औषधि वितरण गरिएको छ । कृषकहरुलाई नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई, वडाध्यक्ष रमेश राउत लगायतले कृषि सामग्री वितरण गरेका थिए ।
नगरपालिकाको विशेष अनुरोधमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा २६ कार्तिकबाट नगरपालिकाले ११ वटै वडाका कृषकलाई बीउबिजन तथा सामग्री वितरण गरिरहेको छ ।
नगरपालिकाले ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गर्ने जनाएको छ ।