• ट्रेण्डिङ:

 साकेला गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु

 साकेला गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु

रोदिक खबर

१८, मंसिर २०७७
  • 5.2K
    SHARES
  •  साकेला गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु

     

    खोटाङको  साकेला गाउँपालिकाले पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउने अभियान शुरु गरेको छ । साकेला गाउँपालिकाले नवयुवा फूलपाती सेवा समाज पाथेका खोटाङको सहकार्यमा पूर्ण सरसफाईयुक्त अभियान  शुरु गरेको हो ।

    साकेला गाउँपालिकाका सबै वडामा स्वास्थ्य तथा सरसफाई सम्बन्धि सचेतना फैलाउने उद्देश्यका साथ पालिकामा सञ्चालन गरिएको ५ दिने प्रशिक्षक प्रशिक्षण  तालिम विहिबार सम्पन्न भएको छ ।

    गाउँपालिकाका ५  वडा मध्ये वडा नं–१ बाहेकका ४ वटा वडाबाट १५ जनाको सहभागिता रहेको तालिममा पूर्ण स्वास्थ्य सरसफाई सम्बन्धि प्रशिक्षकहरुलाई प्रशिक्षण दिईएको थियो ।

    नवयुवा फूलपाती सेवा समाजका अध्यक्ष धनप्रसाद गिरी, कार्यक्रम निर्देशक पेम्बा तामाङ लगायतको उपस्थितिमा भएको तालिमको सहजीकरण जनक गिरी र रविन्द्र पुलामी मगरले  गरेका थिए ।

    तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अर्जुन खड्का झंकारले साकेला गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त पालिका बनाउने प्रतिवद्धता जनाएका छन् ।

     

    प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - १७:२७:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको