• ट्रेण्डिङ:

छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै नगरपालिका 

छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै नगरपालिका 

रोदिक खबर

१९, मंसिर २०७७
  • 6.9K
    SHARES
  • छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्दै नगरपालिका 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छात्रालाई गाउँमै तयार पारिएको स्यानिटरी प्याड वितरण सुरु गरेको छ ।

    छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलव्ध गराउने नेपाल सरकारको कार्यक्रम अन्तरगत हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाबाट स्यानिटरी प्याड वितरण सुरु गरिएको उपप्रमुख बिमला राईले बताईन् ।

    स्यानिटरी प्याड निःशुल्क वितरणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६/०७७ मा प्राप्त भएको १७ लाख ९५ हजारबाट गाउँमै स्यानिटरी प्याड उत्पादन गरेर छात्रालाई वितरण सुरु गरिएको हो । 

    अन्तर्राष्ट्रिय अपांग दिवस एबं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बिहिबार डिकुवामा आयोजित कार्यक्रमको अवशरमा दाम्ली माबि, डिकुवा आभारभुत विद्यालय र कालिका आधारभुत विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    महिनावारी भएका समयमा पनि विद्यालय जाने र आफ्नो पढाईलाई निरन्तरता दिनका लागि सहयोग पु¥याउन छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण सुरु गरिएको हो । स्यानिटरी प्याड उपमेयर राईले हस्तान्तरण गरेकी छन् ।

    ११ वडा रहेका नगरपालिकाभित्रका विद्यालयमा कक्षा ७ देखि १२ सम्मका २ हजार २ सय छात्रालाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने तयारी गरिएको उपमेयर राईले बताईन् । महिनावारीकाक्रममा स्यानिटरी प्याडको अभावमा विद्यालय छुटाउन बाध्य छात्रालाई लक्ष्यीत गरेर नगरपालिका आफैले पनि गत वर्ष स्थानीय स्तरमै उत्पादित स्यानिटरी प्याड निःशुल्क वितरण गरेको थियो । 

    स्यानिटरी प्याड तयार पार्दा महिलालाई रोजगार 

    स्यानिटरी प्याडका लागि संघीय सरकारबाट प्राप्त शसर्त बजेटबाट आवश्यक कपडा खरिद गरेर ल्याएर स्यानिटरी प्याड तयार पारेर वितरण सुरु गरिएको हो । गाउँमै स्यानिटरी प्याड तयार पार्ने कार्यक्रमले हिंसा पीडित चार जना महिलाले रोजगार पाएका छन् ।

    स्यानिटरी प्याड तयार पार्नका लागि ५ लाख छुट्याइएको थियो । सिलाई कटाई सम्वन्धी तालिम दिइएका हिंसा पिडित महिलालाई नै स्यानिटरी प्याड तयार पार्ने काम दिइएको उपमेयर राईले बताईन् । हिंसा पीडित महिलालाले लकडाउनको अवधिमा स्यानिटरी प्याड उत्पादन गर्ने काम पाएका थिए ।

    ‘नगरपालिकाका २२ सय छात्रालाई स्यानिटरी प्याड वितरण गर्ने छौँ । महिनावारीकै कारण छात्राले कक्षा छोड्न नपरोस् । यसका लागि स्थानीय स्तरमै मापदण्ड अनुशारको प्याड तयार पारिएको छ,’ उपमेयर राईले भनिन्, ‘हिंसा पिडित चार महिलाले स्यानिटरी प्याड तयार पार्ने रोजगार पाए । उनीहरुले लकडाउनको समयमा स्यानिटरी प्याड तयार पारेका छन् ।’

    स्थानीयस्तरमा उत्पादित प्याड बजारकाभन्दा सस्तो, प्रयोग गर्न सहज र संक्रमण नहुने भएकाले प्रभावकारी हुने जनाइएको छ । स्यानिटरी प्याडको कपडा खरिद तथा उत्पादनकाक्रममा बचेको रकमबाड डिकुवाका विद्यालयलाई हिल ट्यांक र ह्याण्डवास वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

    १४ जनालाई अपांगताको परिचय–पत्र 

    हलेसी तुवाचुङ नगरपालिकाले डिकुवाका १४ जना अपांगलाई अपांगताको परिचय–पत्र वितरण गरेको छ । अन्तर्राष्ट्रिय अपांग दिवसको अवशरमा बिहिबार १ जनालाई ‘क’ बर्गको, ४ जनालाई ‘ख’ बर्गको, ७ जनालाई ‘ग’ वर्गको र २ जनालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिएको हो । उनीहरुलाई उपमेयर राईले अपांगताको परिचयपत्र वितरण गरेका छन् । 

    प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - १३:१४:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको