• ट्रेण्डिङ:

१५ शैयाको अस्पताल स्थापनाका लागि भवन शिलान्यास 

१५ शैयाको अस्पताल स्थापनाका लागि भवन शिलान्यास 

रोदिक खबर

२३, मंसिर २०७७
  • 5.8K
    SHARES
  • १५ शैयाको अस्पताल स्थापनाका लागि   भवन शिलान्यास 

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा  अस्पतालको भवन शिलान्यास गरिएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीति अनुशार केपीलासगढी गाउँपालिकामा १५ शैयाको अस्पताल स्थापनाका लागि मंगलबार भवन शिलान्यास गरिएको हो ।

    अस्पताल स्थापनाका लागि नेपाल सरकारले गाउँपालिकालाई ३ करोड ७० लाख रकम निकासा दिएपछि भवन शिलान्यास गरिएको हो । 

    कुल १८ करोड ६ लाख ८२ हजारमा निर्माण सम्पन्न हुने अस्पतालको भवन प्रतिनिधिसभा सांसद विशाल भट्टराई, प्रदेशसभा सांसद राजन राई र गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

    अस्पताल निर्माणका लागि केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको जरंखामा स्थानीय कर्णबहादुर गुरुङ र भिमकेशर गुरुङले करिब एक करोडभन्दा बढि मूल्यको ९ रोपनी जग्गा निःशुल्क उपलव्ध गराएका छन् ।

    निःशुल्क प्राप्त भएको जग्गामा क्रमागत योजनाका रुपमा अस्पतालको भवन निर्माण गरिने गाउँपालिकाका अध्यक्ष राईले बताए ।

    अस्पतालको भवन शिलान्यास कार्यक्रममा नेकपाका नेता कर्ण घले, नेकपाका जिल्ला कमिटि सचिव रामप्रसाद दंगाल, कांग्रेसका जिल्ला कार्य समिति सदस्य एबं संगठन विभाग प्रमुख समिर राई, नेकपाका सचिवालय सदस्य गृहवहादुर राई, गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वन लगायतको उपस्थिति रहेको थियो । 

    जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये गत मंसिर १५ गते हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १५ शैयाको तथा रावाबेँसी गाउँपालिकामा १० शैयाको अस्पताल भवन शिलान्यास गरिएको थियो । 

     

    प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - २२:१४:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको