• ट्रेण्डिङ:

यलम्वर संगीत प्रतियोगितामा प्रवृत्ति राई प्रथम 

यलम्वर संगीत प्रतियोगितामा प्रवृत्ति राई प्रथम 

रोदिक खबर

२७, मंसिर २०७७
  • 6.8K
    SHARES
  • यलम्वर संगीत प्रतियोगितामा प्रवृत्ति राई प्रथम 

    खोटाङ । यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रवृत्ति राई प्रथम भएकी छन् ।

    किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समिति काठ्माण्डौंले अनलाईनमार्फत विश्वब्यापी रुपमा सञ्चालन गरेको यलम्वर संगीत प्रतियोगिताको शुक्रबार भएको फाईनल अडिसनमा प्रवृत्तिले प्रथम स्थान ओगटेकी हुन् ।

    २०७५ साउन २ गते ओखलढुंगामा सम्पन्न भिजन आईडल फस्ट रनरअप जितेकी प्रवृत्तिले टप टेनमा पुगेका प्रतिष्पर्धीलाई उछिन्दै यलम्वर संगीत प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेकी हुन् ।

    द यलखिम रेष्टुरेण्ट पार्टी प्यालेस ललितपुरमा आयोजना गरिएको फाईनल अडिसनमा सुनसरीकी सरिता राई दोश्रो र खोटाङकै लकेस राई तेश्रो भएको प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक पदम थुलुङले वताए । यस्तै, दर्शक छनौटमा सुनसरीका रामकुमार राईलाई उत्कृष्ट प्रतिभा घोषणा गरिएको छ । 

    यलम्वर संगीतका प्रथम, दोश्रो, तेश्रो तथा दर्शकले रुचाएका उत्कृष्ट प्रतियोगीलाई क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाण–पत्र प्रदान गरिने छन् । भर्जुअल प्रतियोगीता गरिएकाले विजेतालाई केही समयपछि पुरस्कार प्रदान गरिने किरात राई साँस्कृतिक कलाकार संघले जनाएको छ ।

    सामाजिक–साँस्कृतिक जागरण अभियानका रुपमा हरेक वर्ष सञ्चालन गरिँदै आएको प्रतियोगितालाई यसपल्ट कोरोना भाइरसको महामारीका कारण अनलाईन संस्करणमार्फत विश्वव्यापी बनाइएको किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले वताए । 

    प्रतिष्पर्धाका लागि आयोजकले गत भदौ २५ गतेदेखि असोज १६ गतेसम्म एमपीफोर फाईल भिडियो पठाउन आव्हान गरेको थियो । जसका लागि विभिन्न १० देशका २१३ जना प्रतिस्पर्धीले भाग लिएका थिए । प्रतियोगीले आफ्नो ‘ओरिजिनल’ आवाजलाई एमपीफोर फाईल भिडियो बनाएर आयोजकलाई उपलव्ध गराउनुपर्ने र आयोजकले सोही एमपीफोर फाईल भिडियोको आधारमा विभिन्न चरणका प्रतिष्पर्धा गराउने व्यवस्था मिलाइएको थियो ।

    प्रतियोगीतामा वरिष्ठ संगीतकर्मी सूर्य थुलुङ, शम्भु राई, शान्तिराम राई, पार्वती राई र राजुएन राईले निर्णायकको भूमीका निर्वाह गरेका थिए । एलम्बर संगीतको फाईनल अडिसन गायक तथा संगीतकार जितेन राई प्रमुख आतिथ्यता एबं किरात राई यायोक्खाका महासचिव जनक राईको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । 

    किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा उत्थानको लागि किरात राई साँस्कृतिक कलाकार संघले यलम्वर संगीत प्रतियोगिता सुरु गरेको हो ।

    हालसम्म सागर संसार राई, निश्चल राई, नम्रता राई, सोनाम राई र अम्विका राईले यलम्वर संगीत प्रतियोगिताको पहिलो उपाधि हात पारिसकेका छन् । प्रतियोगीतामा किरात राई समुदायका प्रतिभाले मात्र सहभागीता जनाउन पाउने व्यवस्था छ भने सहभागीले किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने मापदण्ड छ । 

    विजेतालाई हङकङ जाने अवशर
    यलम्वर संगीत प्रतियोगिताका विजेताले हङकङमा सञ्चालन हुने एलम्बर साँझमा सहभागी हुने अवशर पाउने भएका छन् । हरेक वर्ष एलम्बर साँझ सञ्चालन गर्दै आएको किरात राई यायोक्खा हङकङले यलम्वर संगीत प्रतियोगिताका विजेतालाई एलम्बर साँझमा प्रस्तुतीका लागि लैजाने निर्णय गरेको हो । यलम्वर संगीत प्रतियोगिताका दोश्रो पुरस्कार विजेतालाई एउटा गीत रेकर्डको अवशर प्रदान गरिने आयोजकले जनाएको छ । पृथक क्रियसनले गीतको स्टुडियो खर्च निःशुल्क गर्ने र बाँकी खर्च जय राईले प्रायोजन गर्ने प्रतियोगिताका प्रचार–प्रसार विभाग संयोजक थुलुङले वताए । 
    क्याप्सन ः एलम्बर संगीतका निर्णायक तथा आयोजक । 

    प्रकाशित मिति :मंसिर २७, २०७७ शनिवार - १७:३९:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको