• ट्रेण्डिङ:

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास 

रोदिक खबर

२८, मंसिर २०७७
  • 5.4K
    SHARES
  • दिप्रुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास 

    खोटाङ ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरेको छ । आगामी ९ महिनाभित्र पुरा हुने तीन तले पक्की भवन आइतबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले शिलान्यास गरेका हुन् ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको याङ्सोलाटारस्थित गाउँपालिकाको केन्द्रमा सभाहल, कार्यपालिकाको बैठक कक्ष, न्यायिक समितिको इजलास, अध्यक्ष/उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, वडाध्यक्ष तथा उनका प्रतिनिधि बस्ने कक्ष, क्यान्टिन लगायतका संरचना भएको भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले बताए ।

    dip_n.jpg
    दुई वर्ष अघि प्रि–फ्याव भवन बनाएको गाउँपालिकाले गाउँपालिकाको ४० प्रतिशत र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको ६० प्रतिशत गरी ३ करोड ६४ लाख ६१ हजार ८१९ रुपैयाँको लागतमा पुरा गर्नेगरी रविना–अविसा जेभीले भवन निर्माणको काम सुरु गरेको हो ।

    आगामी चैत मसान्तसम्ममा पुरा गर्ने शर्तमा गत असार २९ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । पक्की भवन निर्माणका लागि ८० लाख विनियोजन गरेर डिपिआर तयार पारिसकेको अवस्थामा संघीय सरकारले स्थानीय तहको प्रशासनीक भवन निर्माणका लागि साझेदारी गर्नेगरी कार्यविधि बनाएपछि साझेदारी गरेरै भवन बनाउन लागिएको अध्यक्ष राईले बताए ।

    a.jpg 

    पक्की प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले गत जेठ ९ गते टेण्डर खुलाएको थियो । भवनको भुइँतला अपांगतामैत्री हुनेछ भने माथिल्लो तला उक्लिनका लागि लिफ्ट समेत राखिने गाउँपालिकाले जनाएको छ । भवनको अगाडि सेवाग्राही बस्ने फ्रि–वाइफाई सहितको प्रतिक्षालय निर्माण गर्ने डिपिआरमा उल्लेख छ । 

     

    प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - २३:४२:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको