• ट्रेण्डिङ:

स्वास्थ्य, कृषि तथा पशुविकास शाखाका लागि २० जना कर्मचारी नियुक्त

स्वास्थ्य, कृषि तथा पशुविकास शाखाका लागि २० जना कर्मचारी नियुक्त

रोदिक खबर

३०, मंसिर २०७७
  • 5.3K
    SHARES
  • स्वास्थ्य, कृषि तथा पशुविकास शाखाका लागि २० जना कर्मचारी नियुक्त

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले स्वास्थ्य, कृषि तथा पशुविकास शाखाका लागि २० जना कर्मचारी नियुक्त गरेको छ ।

    स्वास्थ्यमा नागरिकको पहुँच वृद्धिका लागि गाउँपालिकाले स्वास्थ्य शाखामा १० जना र किसानलाई लक्षित गर्दै कृषि तथा पशु विकास शाखामा १० जना कर्मचारी नियुक्ति गरेको हो । नवनियुक्त कर्मचारीलाई मंगलबार नियुक्ति दिएर सम्वन्धित कार्यक्षेत्रमा खटाइएको छ । 

    गाउँपालिकाले एक वर्षे करारमा २ जना स्टाफ नर्स, १ जना ल्याव असिस्टेन्ट, ४ जना अहेव र ३ जना अनमी नियुक्त गरेको छ । केही समयअघि स्थापना गरिएको अस्थायी कोभिड अस्पतालका लागि स्टाफ नर्सर ल्याव असिस्टेन्ट नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    यस्तै, दुरदराजमा सामुदायीक स्वास्थ्य इकाई विस्तारका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्न अहेव नियुक्त गरिएको हो । सुरक्षित रुपमा सुत्केरी गराउने तालिम लिएका अनमीलाई भने स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा खटाउने गरी नियुक्त गरिएको हो ।

    d.jpg

    ल्याव असिस्टेन्टको कोटा नभएको अस्थायी कोभिड अस्पतालमा ल्याव असिस्टेन्ट राखेपछि कोभिडको मात्र नभएर अन्य विरामीको पनि उपचार गरिने छ । 

    ‘एक वडा एक जना कृषि तथा पशु प्राविधिक’ 

    ‘एक वडा एक जना कृषि तथा पशु प्राविधिक’को व्यवस्थाका लागि गाउँपालिकाले कृषि सेवातर्फ १ जना कृषि जेटी र ३ जना जेटिए तथा पशुसेवातर्फ ६ जना जेटिए नियुक्त गरेको छ ।

    किसानको कृषि तथा पशु सम्वन्धी समस्या हल गर्नका लागि गाउँपालिकाका ७ वटै वडामा एक जना कृषि प्राविधिक र एक जना पशु प्राविधिकको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

    प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - २२:३७:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको