• ट्रेण्डिङ:

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै भवनबाट कामकाज शुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै भवनबाट कामकाज शुरु

रोदिक खबर

२, पौष २०७७
  • 11.4K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै भवनबाट कामकाज शुरु

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आफ्नै नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित जिल्ला प्रशासन कार्यालय नजिकै निर्माण गरिएका चार तला भएको १९ कोठे प्रशासनिक भवनमा नगरपालिकाले बिहीबारदेखि दैनिक कामकाज शुरु गरेको हो ।

    तत्कालीन जिल्ला प्राविधिक कार्यालयका लागि निर्माणाधीन भवन देशमा संघीयता लागू भएसँगै उक्त प्राविधिक कार्यालयले बीचैमा छाडेर गएपछि नगरपालिकाको तर्फबाट बाँकी निर्माणको सम्पन्न गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    प्रशासनको जग्गामा निर्माण गरिएको नगरपालिकाको प्रशासनिक कार्यालय भवन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् ।

    ddjpg.jpg

    नगरपालिकाले भवन निर्माणका लागि एक करोड १६ लाख लागतमा बोलपत्र आव्हान गरेकोमा निर्माण कम्पनी शिव खिम्ती कन्ट्रक्शन प्रा.लि.ले घटाघटमा ८९ लाख ६१ हजारमा निर्माण सम्पन्न गरेको जनाइएको छ । निर्माण कम्पनीले सम्झौता मितिभन्दा दुई महिना अगाडि नै सम्पूर्ण निर्माणको काम सम्पन्न गरेर नगरपालिकालाई बिहीबार नै चाँबी हस्तान्तरण गरेको थियो ।

    तत्कालीन प्राविधिक कार्यालयको ८४ लाख खर्च भएको उक्त प्रशासनिक भवन निर्माणमा  एक करोड ८८ लाख ६१ हजार खर्च भएको नगरप्रमुख रिजालले बताए । आठवटा शौचालय, चारवटा वाथरुम र खानेपानीको समेत व्यवस्था रहेको नवनिर्मित प्रशासनिक भवनमा स्वास्थ्य शाखावाहेक सम्पूर्ण शाखा सञ्चालमा ल्याइएको छ ।

    वार्षिक १६ लाख ८५ हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको नगरपालिका आफ्नै प्रशासनिक भवनमा सरेपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए । जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्षपछि नगरपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।

    दुई नगरपालिकासहित दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचङ नगरपालिका, दिप्रुङ चुुइचुुम्मा गाउँपालिका, रावाबेँसी गाउँपालिका, बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिकाले यसअघि नै आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् । केपिलासगढी, साकेला, ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकाले पनि धमाधम आ–आफ्नो प्रशासनिक भवन निर्माणको काम गरिरहेका छन् ।

    प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - २०:३५:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको