दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा अग्नि पीडितलाई आर्थिक सहयोग

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा अग्नि पीडितलाई आर्थिक सहयोग

रोदिक खबर

३, पौष २०७७
  • 6.8K
    SHARES
  • दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा अग्नि पीडितलाई आर्थिक सहयोग

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अग्नि पीडितलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले दिप्रुङ चुइचुम्मा गाउँपालिका– ६ छितापोखरी बास्थलाका अग्नि पीडित हरिबहादुर तामाङलाई २० हजार नगद सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले अग्नि पीडितको घर पुगेर तामाङलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
    मंसिर २१ गते राती ९ वजे बरण्डाबाट शुरु भएको आगलागीमा परी लत्ताकपडा, अन्नपात, भाडावर्तन र ४० हजार नगद जलेको थियो । 

    प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - २०:५५:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको