• ट्रेण्डिङ:

गोपाल लोहारको 'म जुन बनिदिन्छु' म्युजिक भिडियो सार्वजनिक

गोपाल लोहारको 'म जुन बनिदिन्छु' म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

४, पौष २०७७
  • 8.4K
    SHARES
  • गोपाल लोहारको 'म जुन बनिदिन्छु' म्युजिक भिडियो सार्वजनिक
    करिव २ महिना अघि ‘जुनमा हेरूँ तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गीतकार गोपाल लोहारले आफ्नो बिल्कुलै नयाँ कोशेली 'म जुन बनिदिन्छु' सार्वजनिक गरेका छन्।  

    गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल स्वरमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार रंजित गजमेरले  संगीतवद्द गरेका हुन्।  अमेरिकामा बसेर गीतसंगीतमा क्रियासिल गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ।

     म्युजिक भिडियोमा इन्ज़मम  अली खान र जानकी थापाको अभिनय रहेको छ।  रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा  तयार पारिएको हो। गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  
     
     

    प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १७:३९:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको