काठमाडौँ । गायक बादल लिम्बु र गायिका मेलिना राईको स्वरमा रहेको 'यो जीवन' शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतलाई ज्ञान लिम्बुले लेखेका हुन् भने स्वयम् गायक लिम्बुले यस गीतलाई संगीतवद्द र संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा प्रेमी प्रेमिकाले एक अर्का प्रति गरेका वाचा र प्रेमभाव प्रकट गरेका छन्। भिडियोमा सुजता थुलुङ र बादल लिम्बु फिचर्ड छन् भने साथमा अतिथि भुमिकामा कलाकार तथा निर्देशक उदय सुब्बा, सुरेश राई र मोहन कुमार राईको समेत अभिनय देख्न सकिन्छ।
सुरेश राई सहायक निर्देशक रहेको यस भिडियोलाई किरण राईको सम्पादन तथा निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक युट्युव च्यानल बादल लिम्बुु मार्फत भिडियो सार्वजनिक भएको हो।