• ट्रेण्डिङ:

वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

रोदिक खबर

११, माघ २०७७
  • 5.6K
    SHARES
  • वैवाहिक जीवनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् । 

    मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले राजधानीमा राई र शेर्पा दुबै परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए । मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो ।

    ४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । २० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ ।

     

     

    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १५:४९:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको