• ट्रेण्डिङ:

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि तथा पशु विकास कार्यक्रमको बजेट बाँडफाँड

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि तथा पशु विकास कार्यक्रमको बजेट बाँडफाँड

रोदिक खबर

११, माघ २०७७
  • 4.3K
    SHARES
  • दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कृषि तथा पशु विकास कार्यक्रमको बजेट बाँडफाँड

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले चालु आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको बजेट बाँडफाँड गरेको छ ।

    आर्थिक वर्ष २०७७/०७८ को गाउँसभाले कृषि तथा पशु विकास कार्यक्रमका लागि एकमुष्ट विनियोजन गरेको ५० लाख बजेटलाई विभिन्न २३ वटा शिर्षकमा खर्च गर्नेगरी ‘ब्रेक डाउन’ गरेको हो ।

    गाउँपालिकाको कृषि बिकास समितिको शनिबारको बैठकले चालु आर्थिक वर्ष सञ्चालन गरिने कृषि तथा पशु विकास कार्यक्रमको तर्जुमा गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    गाउँपालिकाले बीउ विजन बैंक अनुदान कार्यक्रम ९५ (प्रतिशत) अनुदानका लागि १ लाख ५० हजार, मौरी पालन सम्वन्धी तालिमका लागि १ लाख, बोर्डोमिश्रण तथा बोर्डो पोष्ट बनाउनका लागि निलोतुथो र चुना खरिद कार्यक्रमका लागि ४५ हजार, वैदेसिक रोजगारीबाट फर्केका युवालाई उद्यमशिलता विकास कार्यक्रम ९५ (प्रतिशत अनुदान) का लागि ३ लाख, स्वदेशमा रहेका युवालाई उद्यमशिलता विकास कार्यक्रम ९५ (प्रतिशत अनुदान) का लागि ३ लाख ५० हजार, चिया खेती सम्वन्धी तालिमका लागि १ लाख २० हजार, बंगुर पालन कार्यक्रम ९५ (प्रतिशत अनुदान) का लागि ६ लाख ५० हजार विनियोजन गरिएको छ ।

    यस्तै, रासायनिक मल ढुवानी अनुदान कार्यक्रमका लागि १० लाख, किटनासक, ढुसीनासक विषादि तथा भिटामिन खरिद कार्यक्रमका लागि ६ लाख, उपचार सेवा (औषधि तथा खोप महामारी रोग नियन्त्रण कार्यक्रम) का लागि ३ लाख, प्लाष्टिक पोखरीको प्लाष्टिक वितरण कार्यक्रमका लागि १ लाख, पशु कार्यक्रमका लागि सामग्री खरिदमा २ लाख, विपन्न तथा सिमान्तकृत महिला किसानलाई कृषि उद्यमशिलता विकासका लागि अनुदान ९२ (प्रतिशत अनुदान) का लागि ३ लाख ५० हजार, कृषि तथा पशु विमा सम्वन्धी दुई दिने तालिम अभिमुखकिरणका लागि १ लाख लगायतका कार्यक्रम तय गरिएको गाउँपालिकाको कृषि बिकास समितिले जनाएको छ ।

    प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १६:००:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको