‘वास्तविक भूकम्प पीडित अझै निजी आवास अनुदानबाट बञ्चित भएको गुनासो

‘वास्तविक भूकम्प पीडित अझै निजी आवास अनुदानबाट बञ्चित भएको गुनासो

रोदिक खबर

१३, माघ २०७७
  • 5.2K
    SHARES
  • ‘वास्तविक भूकम्प पीडित अझै  निजी आवास अनुदानबाट बञ्चित भएको गुनासो

    भूकम्पीय आवास पुःननिर्माणको काम अन्तिम चरणमा पुग्दा खोटाङका कतिपय वास्तविक भूकम्प पीडित निजी आवास अनुदानबाट बञ्चित भएको गुनासो आएको छ ।

    निजी आवास सहित पुःननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्वन्धमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणले सोमवार दिक्तेलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुखले अझैपनि वास्तविक भूकम्प पीडितलाई आवास पुःननिर्माणले छुन नसकेको भन्दै पुःननिर्माण प्राधिकरणको आलोचना गरेका छन् ।

    bhukamp.jpg

    कार्यक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ‘लाभग्राहीको सूचीमा पर्नुपर्ने घर नपरेको तर नपर्नु पर्ने घर परेको’ भन्दै पुःननिर्माण प्राधिकरणको आलोचना गरेका छन् । अध्यक्ष राईले प्राधिकरणले पीडितहरुको गुनासो फारम भर्ने तर कार्यान्वयन नगरेका कारण त्यसको दोष स्थानीय जनप्रतिनिधिले खेप्नु परेको बताए । 

    यस्तै, रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले ‘क’ वर्गको परिचयपत्र पाएका भूकम्प पीडित अहिलेसम्म लाभग्राहीको सूचीमा समावेश हुन नसकेको बताए ।

    जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष शंकरबहादुर राईले अझैपनि कतिपय वास्तविक भूकम्प पीडित निजी आवास अनुदानबाट बञ्चित भएकाले उनीहरुको माग सम्वोधन गर्न आग्रह गरे ।

    साकेला गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले कतिपयले पुरानो घर देखाएर आवास अनुदानको भुक्तानी लिएको गुनासो आएको चर्चा गरिन् । केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वनले पनि पुःननिर्माणका क्रममा प्राधिकरणको कमजोरी भएको औंल्याएकी छन् । 

    अन्तरक्रिया कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयकाका प्रमुख घनश्याम उपाध्ययले हालसम्ममा पुःननिर्माणतर्फ ९ हजार ६८ र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुःननिर्माणतर्फ ८ हजार ६० परिवारले मात्र दोश्रो किस्ता बुझेको बताए । यस्तै, पुःननिर्माणतर्फ ९ हजार ६८ घर र प्रवलीकरणतर्फ ७८५ गरी ९ हजार ८५३ लाभग्राहीले पहिलो किस्ता बुझेको प्राधिकरणले जनाएको छ । 

    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - ०७:०९:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको