• ट्रेण्डिङ:

अवैध रुपमा लगाइएको गाँजा फँडानी

अवैध रुपमा लगाइएको गाँजा फँडानी

रोदिक खबर

८, भाद्र २०७७
  • 3.6K
    SHARES
  • अवैध रुपमा लगाइएको गाँजा फँडानी

    खोटाङ । प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवैधरुपमा लगाइएको गाँजा फँडानी गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेशप्रसाद खरेलको कमाण्डमा खटिएका ११ जनाको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्क, गुराँसे लगायतका स्थानमा लगाइएको ६ सय बोट गाँजा नष्ट गरेको हो ।

    करिब १० रोपनी जग्गामा लगाइएको गाँजा सोमबार फँडानी गरिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारीका बेला हुनसक्ने घरेलु हिंसा लगायतका सामाजिक अपराधलाई निस्तेज पार्नका लागि परिचालन भएकाक्रममा प्रहरीले गाँजा फेला पारेर फँडानी गरेर नष्ट गरेको हो ।

    कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउनका लागि समेत नगरपालिकामा गस्ती बाक्लो बनाइएको प्रहरी निरिक्षक खरेलले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - २१:३९:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको