• ट्रेण्डिङ:

मकैको बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन 

मकैको बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन 

रोदिक खबर

२१, माघ २०७७
  • 3.5K
    SHARES
  • मकैको बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन 


    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल कोलेबारीमा मकैको बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन गरिएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) खोटाङ र स्थानीय कोलेबारी कृषि तथा सहकारी संस्था दिक्तेलको साझेदारीमा मकैको बीउ प्रशोधन प्लान्ट भवन निर्माण गरिएको भवन मंगलबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले उद्घाटन गरेका हुन् । 

    144003396_164687425220584_7188998330225529787_n.jpg

    मकैको गुणस्तरयुक्त र स्वस्थ बीउ उत्पादन गर्ने, प्रशोधन गर्ने र डिमान्ड अनुसार बिक्री वितरण गर्ने उद्धेश्यले मकै जोनको ५० प्रतिशत र कृषि तथा सहकारी संस्थाको ५० प्रतिशत लागत सहभागीता गरी ६३ लाखको लागतमा बीउ प्रशोधन गर्ने मेसिन सहितको भवन निर्माण गरिएको हो ।

    ५३ फुट लम्बाई र ३३ फुट चौंडाई भएको एक तले पक्की भवनबाट मकैको बीउ प्रशोधन गर्दै वितरण गर्न सुरु गरिसकिएको कोलेबारी कृषि तथा सहकारी संस्थाका अध्यक्ष गोपालचन्द्र आचार्यले बताए । बीउ प्रशोधन प्लान्ट भवनमा मकैको बीउ ग्रेडिङ गर्ने, बीउको उपचार गर्नेदेखि प्याकिङ गरेर किसानलाई बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ ।

    बीउ प्रशोधन प्लान्टबाट वार्षिक १० टन प्रशोधित बीउ उत्पादन गरेर विक्रीवितरण गर्ने लक्ष्य राखिएको कृषि तथा सहकारीले जनाएको छ । भवन उद्घाटन अगावै कृषि तथा सहकारीले करिब दुई हजार केजी बीउ विक्री वितरण गरिसकेको छ । 

    बीउ प्रशोधन प्लान्टमा दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसानले उत्पादन गरेका उत्पादन गरेका मकैलाई खरिद गरेर ल्याएर ग्रेडिङ गर्दै प्रशोधन गरिने छ ।

    ग्रेड ‘ए’ र ‘सि’लाई खानका लागि तथा ‘बी’ ग्रेडको मकै दानालाई बीउका रुपमा प्रयोग गर्न ट्रिटमेन्ट गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) खोटाङका बरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले बताए । 
    बीउ प्रशोधन प्लान्टमा मकैको बीउ उपचारका लागि मकै खोस्ट्याउने, छोडाउने, ग्रेडिङ गर्ने, उपचार गर्ने, प्याकिङ गर्ने उपकरण व्यवस्था गरिएको छ । बीउ उत्पादन गर्ने, प्रशोधन गर्ने र बिक्री वितरण गर्ने प्रयोजनका लागि कोलेबारी कृषि तथा सहकारी संस्थाले दिक्तेलमा १५ वर्षका लागि जग्गा भाडामा लिएर सामुहिकरुपमा मकै खेती लगाउन सुरु गरिसकेको छ ।

    उपचार गरिएको बीउ स्थानीय सरकार, कृषक समुहमार्फत वा किसानले सोझै खरिद गर्न पाउने छन् । ‘बीउ प्रशोधन प्लान्टमामा मकैको बीउ ग्रेडिङ हुन्छ, उपचार हुन्छ र किसानलाई विक्रीवितरण हुन्छ,’ अध्यक्ष आचार्यले भने, ‘मकै हामी आफै पनि उत्पादन गरिरहेका छौँ । छिमेकी वडाका किसानले उत्पादन गरेको मकै पनि संकलन गरेर उपचार गर्दै बीउ तयार पार्ने छौँ ।’ 
    भवन २०७६ फागुन २७ गते सम्झौता गरेर गत असार ३१ गते निर्माण सम्पन्न गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) खोटाङले जनाएको छ ।

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - ०८:४३:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको