खोटाङ । को खोटेहाङ गाउँपालिकाले बाँझो जमिनमा फलफूल बगैंचा खेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
बाँझो जमिनलाई पुःन उपयोगमा ल्याउनका लागि गाउँपालिकाले व्यवसायिक फलफूल बगैंचा खेतीका लागि अनुदान दिने कार्यक्रम ल्याएको हो ।
वैदेसिक रोजगारी, शहर बजारमा बसाई सराई गर्ने दर लगायतका कारण बाँझिदै गएको जग्गालाई पुःन प्रयोगमा ल्याउनका लागि गाउँपालिकाले आगामी फागुन ३ गतेभित्र मागमा आधारित अनुदान कार्यक्रमको लागि प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
बाँझो जमिनलाई उपयोगमा ल्याउँदै बसाई जाने प्रबृत्तिलाई निरुत्साहित गर्ने उद्धेश्यले बाँझो जमिनमा फलफूल बगैंचा खेती प्रवद्र्धन कार्यक्रम अघि सारिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाले बाँझो जमिनमा कागती, सुन्तला, एभोकार्डो, आँप, लिची, केरा, दाँते ओखर, रुख कटहर, ड्रागम फ्रुट, स्ट्राबेरी र जापानिज नासपातीको खेती गर्नका लागि कृषक, कृषक समुह, कृषि सहकारी र फर्मलाई प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
बाँझो जमिनमा व्यवसायिक फलफूल बगैंचा अनुदान सञ्चालन कार्यविधि–२०७७ स्वीकृत गरेरै गाउँपालिकाले जमिनलाई बाँझिनबाट जोगाउनेगरी फलफूल बगैंचा अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाकी नाप्रास ममिता खवासले बताईन् ।