शुक्रवार, भाद्र २६ गते २०८३

  • ट्रेण्डिङ:

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १३४ प्रतिशतले बढ्यो, चुक्ता पूँजी १ अर्ब ४० करोड

सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १३४ प्रतिशतले बढ्यो, चुक्ता पूँजी १ अर्ब ४० करोड

रोदिक खबर

२६, माघ २०७७
  • 7.1K
    SHARES
  • सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १३४ प्रतिशतले बढ्यो, चुक्ता पूँजी १ अर्ब ४० करोड

     काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

    कोष समिक्षा

    अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड १९ लाख ९४ हजार रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६७ करोड रुपैयाँ मात्र रहेको थियो ।

    खुद बीमा शुल्क आर्जन

    कम्पनीले दोश्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३४ दशमलव ७७ प्रतिशतले बढी हो ।

    नाफा

    समिक्षा अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको नाफा १५ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ८० लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    खुद दाबी भुक्तानी

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५ करोड ८२ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको वर्षको सोही अवधिमा कम्पनीले ८ लाख ३० हजार रुपैयाँ मात्र दुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ७० गुणाभन्दा बढीले बृद्धि गर्न सफल भएको छ ।

    कुल बीमा शुल्क आर्जन

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ९७ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २ गुणाभन्दा बढीले बृद्धि गर्न सफल भएको छ ।

    प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - १२:३७:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको