शुक्रवार, भाद्र २६ गते २०८३

  • ट्रेण्डिङ:

दिप्रुङ गाउँपालिकाले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र गाउँ प्रहरीको बीमा गरिदिने

दिप्रुङ गाउँपालिकाले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र गाउँ प्रहरीको बीमा गरिदिने

रोदिक खबर

८, जेठ २०७८
  • 4.1K
    SHARES
  • दिप्रुङ गाउँपालिकाले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र गाउँ प्रहरीको बीमा गरिदिने

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ को महामारीका बेला नागरिकको स्वास्थ्य सुरक्षाका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यका कर्मचारी र पालिका प्रहरीको बीमा गरिदिने निर्णय गरेको छ ।

    कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको शुक्रबार बसेको बैठकले गाउँपालिकामा कोभिड–१९ को महामारी विरुद्ध आफ्नो ज्यान जोखिममा राखेर दिनरात खटिएका स्वास्थ्यकर्मी र गाउँपालिका प्रहरीको एक÷एक लाखको जीवन वीमा गरिदिने निर्णय गरेको हो ।

    कोभिड–१९ को महामारीकाक्रममा अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी र गाउँप्रहरीको वीमाका लागि वडा सदस्य अमृत गिरीलाई संयोजनको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । कार्यदलको निर्णय अनुसार केही दिनभित्रै स्वास्थ्यकर्मी र गाउँ प्रहरीको वीमाको काम सुरु हुने गाउँपालिकाले जनाएको छ ।

    ज्यान जोखिममा राखेर नागरिकको स्वास्थ्य सुरक्षामा खटिएका स्वास्थ्यकर्मी र गाउँ प्रहरीको प्रोत्साहन र सम्मानमा गाउँपालिकाकातर्फबाट वीमा गरिदिन लागिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    बैठकले खाद्यान्न, निर्माण सामग्री र औषधि बोक्ने सवारी साधनका लागि पनि सवारी पास अनिवार्य गर्ने, विना सिफारिस र पासका सवारी साधन आवतजावतमा पूर्णरुपमा रोक लगाउने, होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए कोभिड अस्पताल याम्खा जान परे सम्पर्क गर्नुपर्ने सम्पर्क व्यक्ति तोकेको छ ।

    प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - १४:२८:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको