बिहिवार, कार्तिक १३ गते २०८३

तीनवटा पानीको मुहान बन्द गर्ने लोचापातल सामुदायिक वन उपभोक्ता समूहको निर्णय

तीनवटा पानीको मुहान बन्द गर्ने लोचापातल सामुदायिक वन उपभोक्ता समूहको निर्णय

रोदिक खबर

२६, माघ २०७७
  • 16.1K
    SHARES
  • तीनवटा पानीको मुहान बन्द गर्ने लोचापातल सामुदायिक वन उपभोक्ता समूहको निर्णय

     खोटाङ । खोटाङको लोचापातल सामुदायिक वन उपभोक्ता समुहले तीनवटा खानेपानीको मुहान बन्द गर्नेे निर्णय गरेको छ । ठूला मुहानहरुबाट स्थानीय समुदायको सहमती विनानै खानेपानी सञ्चालन गरिंदा त्यसको प्रत्यक्ष प्रभाव स्थानीयहरुमा देखिएकाले पानीको मुहान बन्द गर्ने निर्णय गरेको हो ।

    २३ माघमा बसेको उपभोक्ता समुहको बैठकले लोचाखोला पानी मुहान–१, भोटेवास पानी मुहान– १ र ढुंगेखर्क ढुंगेछाप पानी मुहान–१ मुहान बन्द गर्ने निर्णय गरेको लोचापातल सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ ।

    उल्लेखित ठूला मुहानहरुबाट विना सहमती हेपाइ पेलाइको आडमा पानी उपभोक्ता समुह बाहिरको खानेपानी उपभोक्ता समितीहरुले लगिएपछि खेतवारी वाँझो हुन थालेको, वनभित्र पर्ने दुई वटा सिमसार क्षेत्र सुख्खा भूमिमा परिणत भई जीवजन्तुलाई असहजता भएको र स्थानीय जनातको जीवन निर्वाहमा अप्ठ्यारो परेको हुंदा पानी रोक्का गर्ने निर्णय गरिएको लोचापातल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मोहन  गुरुङले बताए ।

    सामुदायिक वनभित्रको ३० मुहान मध्येमा ठूलो मुहान लोचाखोला पानी मुहान–१, भोटेवास पानी मुहान–१ र ढुंगेखर्क ढुंगेछाप पानी मुहान–१ मुहानबाट स्थानीयको सहमती विना नुनथला, अर्खौले, हलेसीतिर खानेपानी सञ्चालन गरिएको छ । अध्यक्ष गुरुङले भने, ‘त्यसरी पानी लैजाँदा स्थानीयमा विभिन्न समस्या देखिएकाले आवश्यक निकास ननिस्किएसम्म पानी बन्द गर्ने निर्णय गरेका हौ ।’

    २०५५ सालमा जिल्ला वन कार्यालयमा दर्ता भई उपभोक्ता समुहलाई सामुदायिक वन हस्तान्तरण भएपछि परम्परागत र संस्थागत रुपमा संरक्षण गर्दा लोचा हुर्लङ कुलो–१ र लोचा सिमखर्क कुलो– ३ गरी सिंचाई संञ्चालनमा ल्याउँदा लगभग १० टन मार्सि धान उत्पादन र वार्षिक रुपमा २५ लाख वढीको अलैची उत्पादन भएको थियो ।

    तर, तीन ठूला मुहानबाट विना सहमती पानी लगिएपछि स्थानीयहरु सुख्खामा बस्न बाध्य बनेका छन् । स्थानीयसँग सहकार्य र सहमती विना पानी लगिएपछि गाउँघर सुख्खा भएको भन्दै लोचापातल सामुदायिक वन उपभोक्ता समुहले जिल्ला जलस्रोत समितीमा आईतबार मुद्दा पनि दर्ता भएको छ ।

    mynoote.jpg

    प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २१:५३:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको