• ट्रेण्डिङ:

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ वटै वडामा पिपिआर खोप सप्ताह अभियान 

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ वटै वडामा पिपिआर खोप सप्ताह अभियान 

रोदिक खबर

२७, माघ २०७७
  • 5.1K
    SHARES
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ वटै वडामा पिपिआर खोप सप्ताह अभियान 

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसी बाख्रा र भेडालाई पिपिआर विरुद्धको खोप दिन सुरु गरिएको छ । हरेक वर्ष भेडा बाख्रालाई पिपिआरको महामारीले सताउने गरेको तथ्यलाई ध्यानमा राख्दै गाउँपालिकाका ७ वटै वडामा पिपिआर खोप सप्ताह अभियान थालिएको हो ।

    राष्ट्रिय पिपिआर दिवस अन्तरगत भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलसँगको सहकार्यमा गाउँपालिकाले सोमबार देखि खसी बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन दिन थालेको कृषि शाखाका संयोजक सर्गम बुढाथोकीले बताईन् । 

    हाल गाउँपालिकाका ७ वटै वडामा पशु प्राविधिकले खसी बाख्रा र भेडालाई पिपिआर विरुद्धको भ्याक्सिन दिइरहेका छन् । महामारीका रुपमा फैलिन सक्ने पिपिआर रोगबाट खसी बाख्रालाई जोगाउनका लागि भ्याक्सिन दिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

    १२ हजार भ्याक्सिनको व्यवस्था गरेर खसी बाख्रा र भेडालाई खोप दिन सुरु गरिएको हो । गत वर्ष गाउँपालिकाभित्र करिब तीन सय भेडा बाख्रा मरेका कारण यसपल्ट हप्ता दिनसम्म पिपिआर बिरुद्धको खोप दिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    पिपिआर भ्याक्सिन सात वटै वडामा सात दिनसम्म सञ्चालन हुने छन् । हप्ता दिनको अवधिमा खसी बाख्रा पालक किसानले सम्वन्धित वडाका जनप्रतिनिधि एबं पशु प्राविधिकसँग समन्वय गरेर खसी बाख्रालाई खोप दिन सक्ने गाउँपालिकाले जनाएको छ । भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालयले पिपिआर विरुद्धको खोप निःशुल्क उपलव्ध गराएको हो । 
    गत वर्ष पिपिआर रोगका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका दिपेन्द्र श्रेष्ठको सुनगाभा कृषि तथा बाख्रा फर्मको एक वटा बोयर बोका सहित २२ वटा बाख्रा मर्दा खोर रित्तिएको थियो । 

    प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - २१:०१:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको