बिहिवार, कार्तिक १३ गते २०८३

मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल

मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल

रोदिक खबर

२९, माघ २०७७
  • 2.5K
    SHARES
  • मध्यपहाडी लोकमार्गले पूर्वीपहाड र काठमाडौँलाई नजिक बनायो : उपाध्यक्ष कँडेल

     कँडेल खोटाङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यपक डा. पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गका कारण पूर्वी पहाड र काठ्माण्डौंलाई नजिक बनाएको बताएका छन् ।

    विकास निर्माणको अवस्थाका बारेमा अध्ययन र अवलोकनका क्रममा खोटाङ आएको अवशरमा बुधबार पत्रकारसँगको भेटघाट कार्यक्रममा आयोगका उपाध्यक्ष प्राध्यपक डा.कँडेलले पुष्पलाल मध्यपहाडी लोकमार्गले धनकुटाबाट पहाडै–पहाड एकै दिनमा काठ्माण्डौं आउजाउ गर्ने वातावरण बनेको बताएका छन् ।

    उपाध्यक्ष प्राध्यपक डा. कँडेलले खोटाङको ६३५ मेगावाटको दुधकोसी जलाशययुक्त आयोजना, बंशिालाघाट–दिक्तेल–ऐसेलुखर्क सडक कालोपत्रे, दिक्तेलबजारको सडक ढलान, घुर्मी–चतरा सडक लगायतका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

    ka.jpg

    कार्यक्रममा प्रधानमन्त्रीको पूर्वाधार विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले मध्यपहाडी लोकमार्गका सम्भावना भएका ठाउँमा सुरुङ मार्ग निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

    यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका डिई नारायणप्रसाद निहुरेले मध्यपहाडी लोक मार्ग अन्तरगत खोटाङको दिक्तेल–खचेवाभञ्ज्याङ खण्डको कालोपत्रेका काम आगामी आर्थिक वर्ष पुरा गर्नेगरी काम भइरहेको बताएका छन् ।

    कार्यक्रममा नेकपाका नेता देवविक्रम राईले खोटाङसँग सम्वन्धित सडक, पुल तथा विद्युतको कामलाई द्रुत गति दिनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यपक डा. कँडेलको ध्यानाकर्षण गराएका थिए ।

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ११:०६:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको