पत्रकार आचार्यद्धारा मिलन राई स्मृति अक्षय कोष स्थापनाका लागि ५० हजार दिने घोषणा

पत्रकार आचार्यद्धारा मिलन राई स्मृति अक्षय कोष स्थापनाका लागि ५० हजार दिने घोषणा

रोदिक खबर

२९, माघ २०७७
  • 4.4K
    SHARES
  • पत्रकार आचार्यद्धारा मिलन राई स्मृति अक्षय  कोष  स्थापनाका लागि   ५० हजार दिने घोषणा

    खोटाङ । विद्यार्थी नेता स्वर्गीय मिलन राई स्मृति प्रतिष्ठानद्धारा स्थापना गर्न लागिएको अक्षय कोषका लागि पत्रकार  हरिवोल आचार्यले  नगद  ५० हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

    २०७३ माघ २७ गते भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका रावाबेँसी गाउँपालिका–३ लामिडाँडाका विद्यार्थी नेता राईको चौथो स्मृति दिवसको अवसरमा अक्षय कोष स्थापनार्थ आचार्यले उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।

    नेरास्ववियुका तत्कालीन केन्द्रीय सदस्य स्वर्गीय राईको स्मृतिमा स्थापित प्रतिष्ठानले खडा गर्न लागेको अक्षय कोषका लागि हलेसी न्युज नेटवर्क प्रालिका सञ्चालक आचार्यले रकम प्रदान गर्ने घोषणा गरेकोे प्रतिष्ठानका अध्यक्ष पदम थुलुङ राईले बताए । १० लाख रुपैंयाँभन्दा वढि रकमको स्वर्गीय मिलन राई स्मृति अक्षय कोष स्थापना गरी सामुदायिक विद्यालयवाट एसईई परीक्षामा सवैभन्दा वढि अंक ल्याउने विद्यार्थीलाई वर्षेनी पुरस्कृत गर्ने प्रतिष्ठानको तयारी छ ।

    यसअघि अक्षय कोषको लागि एक लाख रुपैंयाँ वढि रकम संकलन भइसकेको वताईएको छ । प्रतिष्ठानले राई निवास नजिकै स्मृति पार्कसमेत निर्माण गरिरहेको अध्यक्ष राईले बताए ।

    स्वर्गीय राईले छोटो समयमा विद्यार्थी राजनीतिमा फड्को मारेका थिए ।  । राईलाई कुशल नेतृत्व लिन सक्ने राजनीतिक सङ्गठक मान्ने गरिएको विद्यार्थी नेताहरु बताउँछन् ।

    सङ्गठनकै काममा काठमाडौँबाट घर फर्कने क्रममा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते बनेका नेता राईको उपचारको क्रममा निधन भएको थियो । प्रतिष्ठानले राईको स्मृतिमा वर्षेनी कार्यक्रम तथा सामाजिक गतिविधि गर्दै आएको छ । यसअघि राईको स्मृतिमा प्रतिष्ठानले पुस्तकसमेत प्रकाशन गरेको थियो ।



     

    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - २१:५५:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको