• ट्रेण्डिङ:

नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

रोदिक खबर

३०, माघ २०७७
  • 6.9K
    SHARES
  • नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

    नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ ।

    महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारले वडाले सबै बुझेर गर्ने सिफारिसका आधारमा प्रशासनले नागरिकता नदिने गरिएकाले समस्या समाधान हुन नसकेको बताए ।

    नागरिकता समस्या समाधान गर्ने हो भने वडा कार्यालयलाई नै क्षमता विकास गरेर नागरिकता दिन सक्ने गरी सक्षम बनाएर अधिकार दिनुपर्ने उनको भनाइ थियो ।

    कार्यक्रममा महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीले लैङ्गिक हिंसामा संवेदनशील भएर काम गर्ने अवस्था आएको बताए । स्थानीय तहका न्यायिक समितिलाई सक्षम बनाउन मञ्चजस्ता संस्थाले काम गर्नुपर्ने उनको सुझाव थियो । रासस

    प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - १९:५५:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको