'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक

'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

३, फाल्गुण २०७७
  • 4.4K
    SHARES
  • 'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ । एलिस राई र गीता ढुंगाना अभिनित रोमान्टिक भर्सनको 'कान्छीको सम्झनामा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा युवा गायक प्रविन राजथलाको स्वर, शब्द र संगीत रहेको छ। यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन्।

    युवा युवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन्। भिडियोमा अर्जुन खड्काको सम्पादन रहेको छ।

    एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ। गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो।

    प्रकाशित मिति :फाल्गुण ३, २०७७ सोमवार - १७:०३:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको