• ट्रेण्डिङ:

हलेसी तुवाचुङ नगरपालिकाको आठौं हिउँदे नगरसभा सम्पन्न, चालु आवमा ३७ प्रतिशत वित्तीय प्रगति 

हलेसी तुवाचुङ नगरपालिकाको आठौं हिउँदे नगरसभा सम्पन्न, चालु आवमा ३७ प्रतिशत वित्तीय प्रगति 

रोदिक खबर

८, फाल्गुण २०७७
  • 2.9K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाको आठौं हिउँदे नगरसभा सम्पन्न, चालु आवमा ३७ प्रतिशत वित्तीय प्रगति 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको आठौं हिउँदे नगरसभा सम्पन्न भएको छ । शुक्रबार हलेसीस्थित होटल जाम्बालामा भएको आठौं हिउँदे नगरसभामा उपप्रमुख बिमला राईले प्रस्तुत गरेको चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति विवरण अनुसार नगरपालिकाले चालु आवमा ३७ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

    नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रकम स्विकृत गरेकामा चालुतर्फ विनियोजन भएको ५ करोड ४२ लाख ५३ हजार ६६० मध्ये २ करोड ९० लाख ६६ हजार ८२२ रुपैयाँ खर्च भएको तथा पूँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन भएकोमा ५ करोड ६३ लाख ४३ हजार ७४८ रुपैयाँ खर्च भएको छ । गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पूँजीगततर्फ  ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको उपप्रमुख राईले जानकारी दिएकी छन् । 

    ha.jpg

    शिक्षा शाखाका लागि १९ करोड ९५ लाख विनियोजन भएकोमा ७ करोड ९६ लाख ७६ हजार ८६२ खर्च भएको, महिला तथा वालबालिका शाखाका लागि ५२ लाख बिनियोजन भएकोमा १ लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि ५ करोड ७१ लाख विनियोजन भएकोमा २ करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख विनियोजन गरिएकोमा ५ लाख ९४ हजार ६९० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । 
    यस्तै, चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगतिका विषयमा जानकारी दिनेक्रममा संघ र प्रदेशले सिलिङ अनुसार राजस्व बाँडफाँडतर्फको पैसा नपठाउँदा गत वर्ष अधुरो रहेका योजना पुरा गर्न ५ करोड ५९ लाख ८९ हजार आर्थिक दायित्व पूरा गर्नु परेको जानकारी दिएकी छन् । 

    कोभिड–१९ को कारण देखाउँदै संघ र प्रदेशबाट सिलिङ अनुसारको बजेट नआउँदा आर्थिक वर्ष २०७६÷०७७ को अधुरा योजना सम्पन्न गर्नेगरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ ।

    उपप्रमुख राईले गत आर्थिक वर्ष सिलिङ अनुसारको बजेट नआउँदा अधुरो रहेका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ८ वटा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १२ वटा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका ७ वटा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ५ वटा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४ वटा र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १० वटा योजनालाई चालु आर्थिक वर्षको बजेटबाट पुरा गरिएको बताएकी छन् ।

    h2.jpg

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ७ वटा, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ९ वटा, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ४ वटा, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौैलेका ६ वटा र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४ वटा योजनालाई चालु आर्थिक वर्ष बजेट विनियोजन गरेर पुरा गर्नु परेको जानकारी दिइएको छ । 

    यस्तै, नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालु आर्थिक वर्षको नगरसभाबाट बजेट बिनियोजन गरेर अघि बढाइएको छ । गत वर्ष प्रदेश र संघबाट सिलिङ अनुसारको बजेट नआएपछि नगरपालिकाको नगरसभाले अधुरा योजना पूरा गर्नका लागि ५ करोड ५९ लाख ८९ हजार विनियोजन गरेको थियो ।

    विनियोजन भएका बजेटमध्ये हालसम्म ३ करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र १ करोड ८३ लाख ७२ हजार मध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपुरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ ।

    बजेट अभावमा अलपत्र र अधुरो रहेका गत वर्षको योजनालाई पूरा गर्नका लागि यस वर्ष प्राथमिकतामा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । ‘हामीलाई प्राप्त भएको सिलिङ अनुसार बजेट निर्माण गर्‍यौँ, योजना बनायौँ र सम्झौता गरेर काम अघि बढायौँ,’ नगरप्रमुख राईले भने, ‘तर तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पुरा गर्नका लागि हामीले चालु आर्थिक वर्षको बजेटबाट रकम व्यवस्था गरेर काम अघि बढाएका थियौँ ।’ 
    नगरसभाले चालु आर्थिक वर्षको स्वीकृत ८ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याँई सहित संशोधन गरेको छ । ३ लाख ५० हजार विनियोजन गरिएको कालिका देवीथान धोद्रे खोला ग्रामीण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ ।

    १ लाख बिनियोजन गरिएको ताराखसे गैरीगाउँ आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशिलताका लागि ड्राइभिङ तालिम कायम गरिएको जानकारी दिइएको छ । नगरसभामा नगरप्रमुख राईले प्रस्तुत गरेको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिबेदन तथा नगरप्रमुख राईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई नगरसभाले पारित गरेको छ । 

    h1.jpg

    प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - ११:१८:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको