• ट्रेण्डिङ:

हलेसी सल्लेका विशिष्ट व्यक्तिलाई वडा कार्यालयको सम्मान

हलेसी सल्लेका विशिष्ट व्यक्तिलाई वडा कार्यालयको सम्मान

रोदिक खबर

१०, फाल्गुण २०७७
  • 4.5K
    SHARES
  • हलेसी सल्लेका विशिष्ट व्यक्तिलाई वडा कार्यालयको सम्मान

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका बिशिष्ट व्यक्तिलाई वडा कार्यालयले सम्मान गरेको छ । सल्लेमा जन्म भइ राजनैतिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य, सुरक्षा, समाजसेवा लगायतका माध्यमबाट गाउँदेखि सिंगो राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै वडाका कार्यालयले आइतवार पूर्वप्रधानपञ्चदेखि पूर्वराज्यन्त्रीसम्मलाई सम्मान गरेको हो ।

    वडा कार्यालयले पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वउपकुलपति तथा राष्ट्रियसभा सदस्य बिदुरप्रसाद पौडेल, सहसचिव नारदप्रसाद पौडेल, उपसचिव ठिकु श्रेष्ठ, पूर्वउपसचिव राधाकृष्ण श्रेष्ठ लगायत २५ जना विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ ।

    वडा कार्यालयबाट डाक्टर अबिन्द्र राई र पुनम रुम्बा, अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ (बिश्व) र देबेन्द्र राई, शसस्त्र प्रहरीका प्रहरी निरिक्षक सिताराम पौडेल, नासु तुलसीराज पौडेल, प्रहरी नायव निरिक्षक धनबहादुर थापा सम्मानित भएका छन् ।

    यस्तै, पूर्वगाबिस अध्यक्ष लोहाबिर राई र रामबकस राई, पूर्वगाबिस उपाध्यक्ष चक्रकुमार श्रेष्ठ र ईन्द्रबहादुर थापा, पूर्वप्रधानपञ्च मदनबहादुर थापा र बीरबहादुर थापा, पूर्वउपप्रधानपञ्च कर्णबहादुर श्रेष्ठ र बिश्वकुमार पौडेललाई सम्मान गरिएको छ । वडा कार्यालयले समाजसेवी तथा बुद्धिजीवी दुरेन्द्रकुमार राई, इन्द्रकुमार राई, अजम्बर राई, चंखबहादुर राई, हस्तबहादुर राना लगायतलाई सम्मान गरेको छ ।

    sa.jpg

    सम्मान कार्यक्रममा पूर्वराज्यमन्त्री राई भने अनुपस्थित भएका छन् । सल्लेको माटोमा जन्म लिएर समाज र देशलाई योगदान दिने व्यक्तिलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई अशल कामका लागि उत्प्रेरित गर्ने लक्ष्यका साथ सम्मान कार्यक्रम राखिएको वडाध्यक्ष कासीराज राईले बताए ।

    वडाका बिशिष्ट व्यक्तिलाई टोपी र दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ । सम्मानित व्यक्तिलाई नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले टोपी लगाइदिएर दोसल्ला ओढाउँदै सम्मान–पत्र प्रदान गरेका छन् । वडाको सम्मान पाउँदा विशिष्ट व्यक्ती हर्षित देखिएका थिए ।

    सम्मान कार्यक्रममा नगरप्रमुख राईले देशका लागि योगदान दिने विशिष्ट व्यक्तीको सम्मान गर्ने असल कामको सुरुवात भएको बताएका छन् । ‘समाज र राष्ट्रलाई योगदान दिने व्यक्तीको सम्मान गर्ने संस्कारको बिकास भएको छ । यसले योग्य नागरिक बन्नका लागि समाजमा उत्प्रेरणा दिएको छ,’ नगरप्रमुख राईले भने, ‘वडाको सम्मान कार्यक्रमले सम्मानित हुनका लागि राम्रो काम गर्नुपर्ने रहेछ भन्ने सन्देश गएको छ ।’

    प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - ०७:२८:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको