• ट्रेण्डिङ:

 ‘तिम्रो आँखामा बसिसकेछु’ सार्वजनिक 

 ‘तिम्रो आँखामा बसिसकेछु’ सार्वजनिक 

रोदिक खबर

११, फाल्गुण २०७७
  • 3.6K
    SHARES
  •  ‘तिम्रो आँखामा बसिसकेछु’ सार्वजनिक 

    खोटाङ । गायक तथा संगीतकार ईसान बशन्तको अर्को ‘तिम्रो आँखामा बसिसकेछु’ बोलको गीत सार्वजनिक भएको छ ।  यसअघि ‘बुद्धम शरणम गच्छामी’ बोलको गीत तथा ‘आफु त हजुर’ बोलको म्यूजिक भिडियो बजारमा ल्याइसकेका गायक ईसानले पुःन अर्को नयाँ ‘लिरिकल’ गीत बजारमा ल्याएका हुन् ।

    ईसानकै शव्द र संगीत रहेको ‘तिम्रो आँखामा बसिसकेँछु’ बोलको गीतमा उनलाई गायीका स्मिता दाहालले साथ दिएकी छन् । बिन्दाबासिनी म्यूजिकले बजारमा ल्याएको ५ मिनेट लामो गीतमा नयाँ पुस्ता तथा युवा पिँडीको मायाँ र प्रेमलाई समेटिएको गायक÷संगीतकार ईसानले बताए । 

    बिन्दाबासिनी म्यूजिकको यू–टुवमार्फत आईतबार सार्वजनिक गरिएको गीतमा दर्शक श्रोताको भ्यूजको मात्रा बढिरहेको छ । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसानले २०७१ सालदेखि औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गरेका हुन् । सांगीतिक क्षेत्रमा संघर्षरत गायक इसानले केही समयपछि अर्को नयाँ गीत ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । 

    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १४:०९:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको