• ट्रेण्डिङ:

दिप्रुङका ४८ विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु 

दिप्रुङका ४८ विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु 

रोदिक खबर

१७, फाल्गुण २०७७
  • 7.6K
    SHARES
  • दिप्रुङका ४८ विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु 

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दिवा खाजा कार्यक्रम सुरु गरेको छ । खाजाकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै शिक्षा तथा प्रविधि मन्त्रालयबाट प्राप्त भएको शसर्त अनुदानबाट गाउँपालिकाले आईतबारदेखि सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरेको हो ।

    गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित महेन्द्रोद्धय मावि ओख्रेका छात्र÷छात्रालाई खाजा पस्किएर दिएर दिवा खाजा कार्यक्रम उद्घाटन गरेका हुन्  । ७ वडा रहेको गाउँपालिकाका ४८ विद्यालयका बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत ३ हजार ५४ विद्यार्थीलाई खाजा उपलव्ध गराउने गरी दिवा खाजा कार्यक्रम सुरु गरिएको हो । 
    दिवा खाजाको व्यवस्थापनका लागि शिक्षा तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष गाउँपालिकालाई ८४ लाख २४ हजार बजेट उपलव्ध गराएको छ । प्राप्त बजेटबाट वर्षमा १८० दिन खाजा खर्च वापत दैनिक जनही १५ रुपैयाँका दरले विद्यार्थीलाई रकम उपलव्ध गराउनेगरी दिवा खाजा कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    ४ वर्षदेखि ९ वर्ष उमेर समुहका विद्यार्थीलाई बिश्व खाद्य संगठनले निर्धारण गरेको मापदण्डका आधारमा दैनिक आवश्यक क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, फ्याट, आइरन जस्ता पोषकतत्वको मात्रा उपलव्ध गराउने गरी खाजाको व्यवस्थापन गरिएको छ । दिवा खाजामा बिस्कुट, चाउचाउ जस्ता जङ्कफुड भने प्रयोग गर्न पाइने छैन । 

    बृहत पोषकतत्वतर्फ विद्यार्थीलाई दैनिक १८५० क्यालोरी आवश्यक पर्नेमा दिवा खाजाबाट ५५५ क्यालोरी आपूर्ति गराउने, दैनिक ५७ प्रोटिन आवश्यक पर्नेमा दिवा खाजाबाट १७ प्रोटिन उपलव्ध गराउने र दैनिक ४८ फ्याट आवश्यक पर्नेमा दिवा खाजाबाट १४ फ्याट आपूर्ति गराउने गरी दिवा खाजा उपलव्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणि गिरीले बताए । ।

    यस्तै, सुक्ष्म पोषकतत्वतर्फ दैनिक १२० आयोडिन आवश्यक पर्नेमा दिवा खाजाबाट ३६ आपूर्ति गराउने, दैनिक १७.८ आइरन आवश्यक पर्नेमा दिवा खाजाबाट ५.४ आपूर्ति गराउने, दैनिक ११.२ जिंक आवश्यक पर्नेमा दिवा खाजाबाट ३.४ आपूर्ति गराउने, दैनिक ३३ भिटामिन ‘ए’ आवश्यक पर्नेमा दिवा खाजाबाट ११ र दैनिक १२ भिटामिन ‘बि’ आवश्यक पर्नेमा दिवा खाजाबाट ४.१ पोषकतत्वको मात्रा पुरा हुने किसिमका खाजा उपलव्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले बताए ।

    a.jpg

    विद्यार्थीले विदाको दिन भने दिवा खाजा पाउने छैनन् । विद्यार्थीको नियमितताका लागि सरकारले दिवा खाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    ‘खाजाकै कारण कतिपय विद्यार्थी टिफिनपछि कक्षा छाड्छन् । कतिपय स्कुल नै आउँदैनन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘खाजाकै कारण विद्यार्थी स्कुल बाहिर नहोस् । विद्यालयमा नियमित उपस्थिति होस् र शिक्षण सिकाईमा अशर नपुगोस् भन्ने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम ल्याइएको हो ।’ 

    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १६:५१:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको