• ट्रेण्डिङ:

खोटाङबजार र सिमपानी जोड्ने खिखु खोलामा कल्भर्ट उद्घाटन

खोटाङबजार र सिमपानी जोड्ने खिखु खोलामा कल्भर्ट उद्घाटन

रोदिक खबर

१९, फाल्गुण २०७७
  • 9.5K
    SHARES
  • खोटाङबजार र  सिमपानी जोड्ने खिखु खोलामा कल्भर्ट उद्घाटन

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र खोटेहाङ गाउँपालिका–८ सिमपानी जोड्ने खिखु खोलामा कल्भर्ट उद्घाटन गरिएको छ ।

    गाउँपालिका, वडा कार्यालय सिमपानी र वडा कार्यालय खोटाङबजारको प्रयासमा खिखु खोलामा निर्माण गरिएको कल्भर्ट बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका छन् ।

    सिमपानीबाट गाउँपालिकाको केन्द्र पुग्ने सडकमा पर्ने खोलामा गाउँपालिकाको ५ मिटर लामो कल्भर्ट निर्माण गरिएको हो । गाउँपालिकाकै ८ लाख खर्चमा खोलामा कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

    कल्भर्टले खोटाङबजारको धनमुढा मगरगाउँ र सिमपानीको छतिवनेलाई जोडेको छ । सिमपानी र गाउँपालिकाको केन्द्रलाई जोड्ने छोटो दुरीको बाटोमा पर्ने भएकाले खिखु खोलामा कल्भर्ट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाकी उपाध्यक्ष कविता राई, खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल, सिमपानीका वडाध्यक्ष चन्द्रबहादुर थापा लगायतको उपस्थितिमा कल्भर्ट उद्घाटन गरिएको हो । सो कल्भर्टलाई स्थानीय तीन हजार भन्दा बढि जनसंख्याले उपयोग गर्ने दावी गरिएको छ । 

    प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - २२:०५:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको