रक भर्सनमा आधारित गीत 'निर्दोष माया'को म्युजिक भिडियो  सार्वजनिक

रक भर्सनमा आधारित गीत 'निर्दोष माया'को म्युजिक भिडियो  सार्वजनिक

रोदिक खबर

२२, फाल्गुण २०७७
  • 6.8K
    SHARES
  • रक भर्सनमा आधारित गीत 'निर्दोष माया'को म्युजिक भिडियो  सार्वजनिक
    काठमाडौँ ।  गायक आयुष खतिवडाको रक भर्सनमा आधारित गीत 'निर्दोष माया'को म्युजिक भिडियो  सार्वजनिक भएको छ।  


    यस गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको  रहेको छ।  गीतमा स्वयम् गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ।  

    म्युजिक भिडियोमा गायक आयुष खतिवडा र  प्रतिभा कटुवाल बिचको स्कुले  प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।  ज्याज प्रडक्शनले निर्माण गरेको यस भिडियोमा श्रीजन प्रजापतिको छायांकन रहेको छ। भिडियोमा अनिल न्यौपाने क्रियटिभ सुपरभाइजर रहेका छन्।

    पुनम शाक्य निर्मात्री रहेको यस भिडियोलाई अमन महर्जनको सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक खतिवडाको आधिकारिक च्यानल 'आयुष खतिवडा' मार्फत भिडियो सार्वजनिक भएको हो।

     

    प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - २२:४५:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको