• ट्रेण्डिङ:

अल्लोको उद्योग प्रवद्र्धनमा ऐसेलुखर्क गाउँपालिका 

अल्लोको उद्योग प्रवद्र्धनमा ऐसेलुखर्क गाउँपालिका 

रोदिक खबर

२३, फाल्गुण २०७७
  • 10.2K
    SHARES
  • अल्लोको उद्योग प्रवद्र्धनमा ऐसेलुखर्क गाउँपालिका 

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अल्लो प्रशोधन प्रवद्र्धनका कार्यक्रम ल्याएको छ । स्थानीय जंगलमा प्रशस्त मात्रामा पाइने अल्लो संकलन गरेर प्रशोधन गर्दै कपडा उत्पादनका लागि गाउँपालिकाले अल्लोको उद्योग प्रवद्र्धनका कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

    अल्लोबाट महंगो कपडा उत्पादन गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा अल्लो प्रशोधन एवं कपडा उत्पादन सम्वन्धी तीन महिने तालिम सञ्चालन भइरहेको छ ।

    राखाबांदेलका सामुदायिक वनमा पाइने अल्लोलाई संकलन गरेर प्रशोधन गर्दै कपडा उत्पादनका लागि अढाई महिनादेखि तालिम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए । 

    तालिममा दुई पुरुष सहित ८ जनाले उत्साहकासाथ सहभागीता जनाइरहेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय सामुदायिक वन उपभोक्ता समितिले आयोजना गरेको तालिममा सहभागी महिला र पुरुषलाई अल्लो संकलन गर्ने, लोक्ता निकाल्ने, मेसिनमा हालेर उसिन्ने, सुकाउने, मेसिनमा हालेर कुट्ने, सुकाउने, धागो बनाउने, तानमा हाल्नेदेखि कपडा बुन्नेसम्मको सीप सिकाइदै छ । 

    राखाबांदेलमा तालिमकै दौरान हालसम्म अल्लोको कपडा बुन्ने चार वटा तान निर्माण गरिसकिएको छ । अल्लो कुट्ने र अल्लोको लोक्ता उसिन्ने भट्टी तथा धागो काट्ने दुई वटा मेसिन ल्याइएको छ । अल्लोको उद्योग सञ्चालनका लागि आवश्यक उपकरण एबं तालिम सञ्चालनकाक्रममा करिब ७ लाख रकम खर्च भइसकेको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    राखाबांदेलका सामुदायीक वनको करिब ६ सय रोपनी क्षेत्रफल अल्लोले ढोकेको छ । अल्लोको लोक्ता संकलन गरेर ल्याउने व्यक्तीलाई प्रतिकेजी २५ रुपैयाँका दरले पारिश्रमिक दिने गरिएको छ । हालसम्म अल्लोको १ हजार ७०० केजी लोक्ता संकलन भइसकेको छ । 

    प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - १६:४६:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको