कसैको हजुरआमा हुन्छिन
उनी नारी भएकै कारण
कसैको जन्म दिने आमा हुन्छिन
त नारी भएकै कारण
कसैको श्रीमति हुन्छिन
उनी नारी भएकै कारण
कसैको दिदीबैनी हुन्छिन
त्यही नारी भएकै कारण
कसैको भाउजू बुहारी हुन्छिन
नारी नै भएका कारण
कसैको माइजू आन्टी
आदिइत्यादी हुन्छिन जो
एउटि नारी भएकै कारण
तपाईंको जिन्दगीमा नारी छिन
तपाईंको घरमा पनि नारी छिन
तपाईंको परिवारमा पनि नारी छिन
तपाईंको गाउँमा पनि नारी छिन
तपाईंको समाजमा पनि नारी छिन
तपाइलाइ जन्माउने पनि नारी हुन
तपाइलाइ संसार देखाउने पनि नारी हुन
तपाइलाइ बोल्न सिकाउने पनि नारी
तपाइलाइ पहिलो शिक्षा दिने पनि नारी
अनि उनी बलात्कार हुन्छिन
तिनै नारी भएकै कारण
बेचिन्छिन पनि उनी नारी भएकै कारण
एसिड आक्रमणमा पर्छिन नारी भएकै कारण
दाइजोको निउमा जिउँदै जलेर मर्न बाध्य छिन
नारी भएकै कारण
कुटिन्छिन पिटिन्छिन नारी भएकै कारण
बाहिर हिड्न र उच्च शिक्षा
लिन नै बन्चित छन कतिपय ठाँउमा
नारी नै भएको कारण
तर कैले कसैले किन सोच्दैन ?
नारी श्रीमति हुन मैले माया गर्न पर्छ
नारी आमा हुन सम्मान गर्न पर्छ
नारी परिवारको गहना हुन आदार गर्न पर्छ
नारी समाजकोसदस्य हुन अगिबड्न साथ दिन पर्छ
नारी दिदिबहिनी हुन उच्चस्तरीय शिक्षा दिन पर्छ
नारी छोरी हुन्न इज्जत गर्न पर्छ ।
बराहपोखरी गाउँपालिका -१ बराहपोखरी, खोटाङ