• ट्रेण्डिङ:

'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक

'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१३, चैत्र २०७७
  • 3.7K
    SHARES
  • 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक
    काठमाडौं । सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहाल फिचर्ड 'हे मन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  सुगम संगीतमा आधारित यस गीतमा शब्द गीतकार राखी गौचनको रहेको छ भने गीतमा स्वर  गायक तथा संगीतकार शंकर थापा 'स्माइल'को  रहेको छ।  स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

    पत्नी वियोगको कारुणिक कथा प्रस्तुत गरिएको भिडियोलाई  उत्सव दाहालले छायांकन गरेका हुन्। भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।  मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।  

    डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको  हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक सोर्तालाई आग्रह गरेका छन्।  

    प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - १८:१३:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको