• ट्रेण्डिङ:

सुन्तला किसानलाई हिल ट्यांक र पाइप 

सुन्तला किसानलाई हिल ट्यांक र पाइप 

रोदिक खबर

१५, चैत्र २०७७
  • 3.7K
    SHARES
  • सुन्तला किसानलाई हिल ट्यांक र पाइप 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसानलाई कृषि सामग्री प्रदान गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका सुन्तला किसानलाई १० लाख बराबरको हिल ट्यांक, पाइप, कटिङ गर्ने, गोडमेल गर्ने उपकरण प्रदान गरेको हो ।

    h_n.jpg

    सुन्तला पकेट क्षेत्र घोषणा गरिएको गैरीगुठका किसानको प्रोत्साहनका लागि आवश्यक सामग्री प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

    सुक्खाग्रस्त क्षेत्र मानिने हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान गैरीगुठका ४७ घर किसानलाई पानी सञ्चित गर्दै सुन्तला खेतीमा उपयोग गर्नका लागि हिल ट्यांकी, पाईप लगायतका कृषि सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 


    ११ वटा वडा रहेको नगरपालिकाको गैरीगुठमा सबैभन्दा बढि सुन्तला खेती हुँदै आएको छ । गैरीगुठका किसानले विगतदेखि नै सुन्तला खेतीबाट राम्रो आयआर्जन गरिरहेको पाइएपछि कृषि सामग्री प्रदान गरिएको नगरप्रमुख राईले बताए । 

    प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - १८:२७:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको