खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन माविमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला (आइससिटी) कक्षा स्थापना गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्दै शिक्षण विधिलाई गुणस्तरीय एबं प्रतिष्पर्धी बनाउने उद्देश्यले विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको हो ।
दूर सञ्चार प्राधिकरणले २४ वटा कम्प्यूटर, एक थान प्रोजेक्टर, एक थान प्रिन्टर, एक थान सिसि क्यामेरा, १६ वटा व्याट्री लगायतका उपकरण उपलव्ध गराएपछि स्थापना गरिएको सूचना प्रविधि प्रयोगशाला शुक्रबार नेकपा एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले रिवन काटेर उद्घाटन गरेका छन् ।
विगत ६÷७ वर्ष अघिदेखि नै कक्षा ९ र १० मा कम्प्यूटर कक्षा सञ्चालन गरिरहेको विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको हो ।
यस्तै, केही समयअघि ऐसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोगमा त्रिभुवन माविमा ई–लाइब्रेरी स्थापना गरिएको थियो । कम्प्यूटर शिक्षा तथा ई–लाइब्रेरी सञ्चालन भइरहेको अवस्थामा आइसिटी कक्षाले विद्यालयको शिक्षण सिकाई थप प्रभावकारी हुने प्रअ टेकबहादुर क्षेत्रीले बताए ।
आइसिटी कक्षलाई ई–लाइब्रेरीसँग कनेक्ट गर्ने तयारी गरिएको छ । प्राधिकरणबाट प्राप्त उपकरण जडानको काम गर्न अगाडि नै सूचना प्रविधि प्रयोगशाला उद्घाटन गरिएको हो ।
सूचना प्रविधिको प्रयोग गरी सुविधा सम्पन्न विद्यालयमा गरिने शिक्षण विधिलाई सामुदायीक विद्यालयसम्म पु¥याउने लक्ष्यका साथ प्राधिकरणले जिल्लाको सरस्वती मावि अर्खौैले, सरस्वती मावि मात्तिम र सरस्वती मावि छितापोखरी कुलागाउँमा समेत सूचान तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापनामा सहयोग गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि प्रयोगशालाले सुविधा सम्पन्न विद्यालय सरह शैक्षिक गुणस्तर प्रवाह गर्दै प्रतिष्पर्धी दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा सकरात्मक भूमीका खेल्ने अपेक्षा गरिएको छ ।