काठमाडौँ । अमेरिकाको वासिंगटन डिसी निवासी गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ म्युजिक भिडियो 'यी आँखाका नानीमा' सार्वजनिक गरेका छन्।
प्रेमिल शैलीको यस गीतमा युवती प्रतिको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ। यस गीतमा अर्जुन दुङ्मेन राईको शब्द रहेको छ। मनोज साङ्सोन राईको संगीत र संगीत संयोजन गीतमा रहेको छ।
श्यामस्वेत क्लासिक शैलीमा निर्माण गरिएको भिfडियोले सन् ८०को दशकको फिल्मको झझल्को दिन्छ। भिडियोमा गायक गुरुङ संगीतमा झुम्दै रम्दै प्रस्तुत भएका छन्। अमेरिकामा नै निर्माण भएको भिडियोलाई सुनिल उप्रेतीको सम्पादन र निर्देशनमा तयार पारिएको हो।
लोकलयमा आधारित गीत गाउन रुचाउने गायक गुरुङले आफ्नै प्रोडक्शन कम्पनी ज्यासमिन क्रियसन मार्फत यस गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेका हुन्। दर्शक स्रोतालाई यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक गुरुङले सबैलाई आग्रह गरेका छन्।