काठमाडौँ । लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार दिप गिरीको शब्दमा रहेको 'मन खाने माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा नेपाल आइडल फेम्ड गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। विश्व अधिकारीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठको अभिनय देख्न सकिन्छ। रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् ।
सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
YT LINK: https://youtu.be/iXX5-