• ट्रेण्डिङ:

मार्मिक गीत 'जलेर खरानी'को भिडियो सार्वजनिक ( भिडियो )

मार्मिक गीत 'जलेर खरानी'को भिडियो सार्वजनिक ( भिडियो )

रोदिक खबर

१, बैशाख २०७८
  • 5.5K
    SHARES
  • मार्मिक गीत 'जलेर खरानी'को भिडियो सार्वजनिक ( भिडियो )
    काठमाडौँ । 'जलेर खरानी' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक राज लिम्बुको स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई नेपाली नयाँ वर्षको २०७८को अवसर पारेर सार्वजनिक गरिएको हो।  

    नयाँ वर्ष  मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्र्यांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोमा गायक लिम्बु र बिष्णु कट्टेल पहिलो पटक फिचर्ड भएका छन्।  भिडियोमा प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ। बिष्णुको अभिनय तारिफ योग्य छ।

    इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।  गायक लिम्बुको आधिकारिक च्यानल 'राज लिम्बु' मार्फत भिडियो सार्वजनिक गरिएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ।
     
     

    प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - १४:४७:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको