खोटाङ । कर्मचारीको निधनमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा शोक विदा गरिएको छ । सहायक कम्प्यूटर अपरेटर बलराम राईको निधनमा गाउँपालिकाले मंगलबार गाउँपालिका र गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालयमा शोक विदा दिएको हो । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ निगालावासका सहायक कम्प्यूटर अपरेटर राई सुतेकै ठाउँमा मृत फेला परेका थिए ।
करार कर्मचारीका रुपमा कार्यरत राईको निधनमा गाउँपालिका अध्यक्ष शंखरवहाखुर राईले सूचना जारी गर्दै एक दिने शोक विदा गरिएको जानकारी दिएका छन् । बेलुका सकुशल सुतेका राई मंगलबार बिहान मृत फेला परेको आफन्तले बताएका छन् ।