किरात राई चाम्लिङ खाम्बातिम केन्द्रिय समितिले तीन जना एकल महिलालाई नगद सहित सम्मान गरेको छ । एकल महिला भएर असहाय जीवन बिताइरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका चनुमायाँ राई, सुनकुमारी राई र जयकुमारी राईलाई जनही १५ हजार र प्रशंसा–पत्र सहित सम्मान गरेको हो ।
एकल महिलालाई किरात राई चाम्लिङ ङामैचिमै महिला बिभाग हङकङले स्थापना गरेको अक्षयकोषबाट २०७८ सालको उभौलीको अवसरमा सम्मान गरिएको हो ।
उनीहरुलाई वडाध्यक्ष विकास राई, टंकप्रसाद आचार्य, किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रिय अध्यक्ष राई लगायतले खादा ओढाएर नगद तथा प्रशंसा–पत्र प्रदान गरेका थिए ।
कार्यक्रम चाम्लिङ राई खाम्बातिम (मञ्च) दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका अध्यक्ष ध्यानबहादुर राईको सभापतित्वमा भएको थियो ।