• ट्रेण्डिङ:

सबै स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाउनुपर्ने

सबै स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाउनुपर्ने

रोदिक खबर

१३, बैशाख २०७८
  • 5.8K
    SHARES
  • सबै स्थानीय तहले अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाउनुपर्ने

    कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी खोटाङका १० वटै स्थानीय तहलाई तत्काल अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्न भनिएको छ । यस अनुसार नगरपालिकाले ३० बेडको र गाउँपालिकाले २० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर व्यवस्थापन गर्नुपर्ने छ 

    जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । स्थानीय तहले आवश्यकता अनुसार क्वारेन्टिन स्थल व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने, स्वास्थ्य सुरक्षाका सामग्रीहरुको आपूर्ति व्यवस्था मिलाई तयारी अवस्थामा रहने, भिटिएम तथा एन्टीजेन टेष्ट किटको स्टक व्यवस्थापन गरी कन्ट्याक्ट ट्रेसिङ गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । 

    यस्तै, स्थानीय तहले नाका वा सिमाना पार गरी भित्रिने यात्रु तथा व्यक्तिको एन्टीजेन परिक्षण गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य सुरक्षा सावधानी तथा भौतिक दुरी कायम गर्न जनचेतनामुलक कार्यक्रम र सन्देश प्रवाह गर्ने/गराउने निर्णय गरिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख १३, २०७८ सोमवार - १९:०७:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको