खोटाङ । खोटाङका थप एक जनालाई कोभिड–१९ को संक्रमण पूष्टि भएको छ । प्रदेश नम्बर १ मा मंगलबार १८८ जनालाई कोरोना संक्रमण पूष्टि हुँदा बराहपोखरी गाउँपालिकाका एक जनालाई संक्रमण पूष्टि भएको हो ।
संक्रमितको नाम र ठेगाना खुलाइएको छैन । बराहपोखरी गाउँपालिका ठेगाना भए पनि हाल तराईमा बसोबास गरिरहेका व्यक्तिलाई कोरोना संक्रमण भएको पूष्टि अनुमान गरिएको छ । गत बैशाख १२ गते र बैशाख ७ गते पनि अन्यत्र बसिरहेका खोटेहाङ गाउँपालिकाका एक/एक जनालाई कोरोना संक्रमण पूष्टि भएको थियो ।
मंगलबार ७७४ जनाको पीसीआर परीक्षण मोरङका ८३, सुनसरीका ४०, झापाका २५, धनकुटाका ५, उदयपुर र इलामका ४÷४, भोजपुर, संखुवासभा र ताप्लेजुङका १/१ जना र प्रदेश नम्बर १ बाहिरका २३ जनालाई कोरोना संक्रमण पूष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ८३४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुगेको मन्त्रालयले जनाएको छ ।