• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट खोटाङका एक युवाको मृत्यु 

कोरोना संक्रमणबाट खोटाङका एक युवाको मृत्यु 

रोदिक खबर

१६, बैशाख २०७८
  • 4.7K
    SHARES
  • कोरोना संक्रमणबाट खोटाङका एक युवाको मृत्यु 

    खोटाङ । कोभिड–१९ को संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल जोशीको मृत्यु भएको हो । केही समय अघि मात्र पोखरा पुगेका जोशीको बुधबार राती मृत्यु भएको आफन्तले बताएका छन् ।

    कोभिड–१९ ले संक्रमित भएपछि अध्यक्ष जोशी पोखराकै एक अस्पताल भर्ना भएका थिए । दिक्तेल निवासी जोशीलाई बिराटनगर पुगेर पोखरा जानेक्रममा कोभिड–१९ को संक्रमण भएको अनुमान गरिएको । संक्रमण भएपछि जोशीले दिक्तेलका आफन्तलाई फोनमार्फत संक्रमण भएको वारेमा जानकारी गराएका थिए । 

    व्यवसायी एवं सहकारीका अभियानकर्मी जोशीको निधनमा जिल्लाका राजनैतिक दलका नेता, जनप्रतिनिधि, सहकारी एवं शुभेच्छुकले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् । 

    प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १२:०३:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको