• ट्रेण्डिङ:

जताततै मकै बालीमा फौजी किराको प्रकोप 

जताततै मकै बालीमा फौजी किराको प्रकोप 

रोदिक खबर

१७, बैशाख २०७८
  • 5.1K
    SHARES
  • जताततै मकै बालीमा फौजी किराको प्रकोप 

    खोटाङ । विगतका वर्षझैं यस वर्ष पनि खोटाङका अधिकांश स्थानमा लगाइएको मकै बालीमा फौजी किरा (फल आर्मी वर्म)को प्रकोप देखिएको छ । २०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखा परेको फौजी किरा क्रमशः यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो ।

    जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म जन्तेढुंगा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्दले बताए । बाली संरक्षण अधिकृत यादवका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको आक्रमण सबैभन्दा बढी देखिएको छ । 

    कृषि ज्ञान केन्द्रका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा करिब १८ सय रोपनीमा, रावाबेँसीमा ९ सय रोपनीमा साकेलामा ५ सय रोपनीमा, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४ सय रोपनीमा, ऐसेलुखर्क गाउँपालिकामा ४ सय रोपनीमा, केपिलासगढी गाउँपालिकामा २५० रोपनीमा, बराहपोखरी गाउँपालिकामा १५० रोपनीमा, खोटेहाङ गाउँपालिकामा १५ रोपनी र हलेसी तुवाचुङ नगरपालिकामा १० रोपनी जग्गामा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो । कतिपय बेँसी क्षेत्रमा मकै छर्न बाँकी रहेकाले फौजी किराबाट प्रभावित क्षेत्र बढ्ने अनुमान गरिएको छ ।

    मकै उम्रेर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको मकैको बिरुवालाई फौजी किराले आक्रमण गर्दा उत्पादन घट्ने र खाद्य संकट निम्तिनेमा किसान चिन्तित देखिएका छन् । 
    फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । 

    प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २१:०८:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको