• ट्रेण्डिङ:

कोभिड–१९ को कहर 

जालपामा पसल खोल्न समय तालिका 

जालपामा पसल खोल्न समय तालिका 

रोदिक खबर

१८, बैशाख २०७८
  • 2.2K
    SHARES
  • खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा खाद्यान्न लगायतका अत्यावश्यक पसल खोल्न समय तालिका बनाइएको छ ।

    विश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको दोश्रो लहरको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि वडा स्तरिय सरोकारवालाको शुक्रबार बसेको बैठकले खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु खुलाउनका लागि समय तालिका निर्धारण गरेको हो ।

    बैठक लगत्तै जालपाका वडाध्यक्ष विकास राईले जारी गरेको सूचनामा वडाभित्रका खाद्यान्न लगायतका अत्यावश्यक पसलहरु दैनिक बिहान १० बजेसम्म र बेलुका ३ बजेदेखि बेलुका ७ बजेसम्म दुरी कायम गरेर सञ्चालन गर्ने÷गराउने निर्णय गरिएको उल्लेख छ । 

    यस्तै, सबै होटल, चिया पसल पूर्णरुपमा बन्द गर्ने, औषधि उपचार जस्ता अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, अत्यावश्यक सेवाका लागि घर बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाएर उच्च स्वास्थ्य सतर्कताका साथ अनिवार्य मास्क लगाएर निस्कने निर्णय गरिएको छ ।

    वडा कार्यालयले वडाभित्रका सबै सरकारी, गैर–सरकारी, वित्तिय संस्थाहरु बन्द गर्ने, अत्यावश्यक काममा जाने आउने र औषधि, खाद्यान्न, ग्याँस जस्ता सामग्री बोकेको बाहेक सबै खाले यातायातका साधन बन्द गर्ने, वडामा लाग्ने हाटबजार, सभा सम्मेलन, जुलुस, धार्मिक कार्यहरु लगायत अन्य भिडभाड हुने क्षेत्र बन्द गरेको छ । 

    भारतबाट आउनेलाई कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा भारतबाट आउने व्यक्तिले कोरोना नेगेटिभ रिपोर्ट लिएर आए मात्र गाउँमा प्रवेश गर्न पाउने छन् । भारतबाट आउने स्थानीय अनिवार्य दिक्तेलको क्वारेन्टिनमा कम्तीमा १५ दिन बस्नुपर्ने र साथमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट लिएर मात्र गाउँमा आउन पाइने वडा कार्यालयले जनाएको छ ।

    वडाभन्दा बाहिरबाट आउने व्यक्तिका लागि भने जनस्वास्थ्यका मापदण्ड अपनाएर अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ । सार्वजनिक रुपमा गरिने विवाह, व्रतबन्ध, काजक्रिया लगायतका सामाजिक तथा साँस्कृतिक कार्यहरु सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अपनाएर १५ जना भन्दा कमको सहभागीतामा गर्ने÷गराउने निर्णय गरिएको सूचनामा उल्लेख छ । 

    प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - १६:१८:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको