• ट्रेण्डिङ:

दिप्रुङमा परीक्षा लगायत पठन–पाठन स्थगित 

दिप्रुङमा परीक्षा लगायत पठन–पाठन स्थगित 

रोदिक खबर

१९, बैशाख २०७८
  • 3.5K
    SHARES
  • दिप्रुङमा परीक्षा लगायत पठन–पाठन स्थगित 

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शैक्षिक–सत्र २०७७ को सबै तहको परीक्षा तथा पठन–पाठन स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट विद्यार्थीलाई जोगाउनका लागि गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा, कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा एवं पठन–पाठन स्थगित गर्ने निर्णय गरेको हो । 

    गाउँ शिक्षा समितिको शनिबार बसेको बैठक लगत्तै शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जारी गरेको सूचनामा आगामी बैशाख २० गतेदेखि हुने भनिएको सबै खालका परिक्षा तथा पठन–पाठन अनिश्चित कालका लागि स्थगित गरिएको जनाइएको छ ।

    कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै बैशाख १६ गतेदेखि १९ गतेसम्मका लागि सामुदायिक विद्यालयको पठन–पाठन स्थगित गरेको गाउँपालिकाले पुःन अर्को निर्णय नभएसम्मका लागि पठन–पाठन स्थगित गरेको हो ।

    परीक्षा तथा पठन–पाठन स्थगित भए पनि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई भने अनिवार्य विद्यालयमा उपस्थित हुन र शिक्षण सिकाई सम्बन्धीका आ–आफ्ना विषयका कार्य योजना निर्माण गर्न निर्देशन दिइएको छ । 

    प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ११:२९:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको