• ट्रेण्डिङ:

फौजी किराले मकैको बिरुवा सखाप बनाएपछि किसान चिन्तित

फौजी किराले मकैको बिरुवा सखाप बनाएपछि किसान चिन्तित

रोदिक खबर

२२, बैशाख २०७८
  • 4.9K
    SHARES
  • फौजी किराले मकैको बिरुवा सखाप बनाएपछि किसान चिन्तित

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेको सल्लेमा फैलिएको फौजी किराले मकैको बिरुवा सखाप बनाएको छ । केही समय अघिदेखि फैलिएको फौजी किराले हुर्कदै गरेको मकैको बिरुवा खाएर बिनास गरेको हो । फौजी किराले मकैको बोट पूर्णरुपमा खाएर बुट्याउने गरेको छ ।

    एक ठाउँको मकै बाली खाइसकेपछि पुःन अर्को ठाउँमा फौजी किरा सर्ने गरेको किसानले बताएका छन् । फौजी किराले मकैको बिरुवा नाश पारेपछि किसान चिन्तित छन् । गोडमेल गरिसकेको र डेढदेखि दुई फिट अग्लो भएको मकैको बिरुवालाई फौजी किराले आक्रमण गरेको स्थानीय प्रभात राईले बताए ।

    ज्यामिरेको तल्लो सल्ले, माथिल्लो सल्ले, काभ्रे र ज्यामिरेमा सबैभन्दा बढी फौजी किराको प्रकोप देखिएको छ । मकैमा फैलिएको फौजी किरा नियन्त्रणका लागि सोमबार कृषि प्राविधिकलाई फिल्डमा खटाइएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    फिल्डमा पुगेका कृषि प्राविधिकले वितरण गरेको विषादि किसानले फौजी किरा प्रभावित क्षेत्रमा हालिरहेका छन् । तत्कालका लागि गाउँपालिकाले ४/५ सय रोपनी क्षेत्रका मकैलाई पुग्ने विषादि पठाएको जनाएको छ ।

    ज्यामिरेमा विगतका वर्ष पनि फौजी किराको प्रकोप फैलिएको थियो । विषादि हाल्दा सामान्य मात्रामा फौजी किरा नियन्त्रण हुने गरेको राईले बताए ।

    प्रकाशित मिति :बैशाख २२, २०७८ बुधवार - १४:३८:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको